Comments Add Comment

बंगलादेशी क्लबसँग फराकिलो हारपछि मनाङ एएफसी कपबाट बाहिरियो

४ असार, काठमाडौं । नेपाली क्लब मनाङ मर्स्याङ्दीले एएफसी कप फुटबलबाट बाहिरिएको छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा घरेलु टोली ढाका अवहानी लिमिटेडसँग ५–० को फराकिलो अन्तरले पराजित हुदै प्रतियोगिताबाट एक खेल अगावै बाहिरिएको हो ।

मनाङले फराकिलो हार ब्यहोर्ने क्रममा पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा तीन गोल खान पुग्यो । खेलको ११ औं मिनेटमा मोहम्मद नविब नेवाज जीवनले गोल गर्दै अवहानीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा अवहानीले अर्को गोल गर्दै दोब्बर अग्रता बनाएको थियो ।

दोस्रो हाफमा मनाङले झनै खराब प्रदर्शन गर्‍यो । एकपछि अर्को गोल खाएको मनाङले खेलको ६३ औं, ७५ औं र खेलको अतिरिक्त समयमा गोल खादै ५–० गोलको फराकिलो हार ब्यहोरेको हो ।

यो हारपछि मनाङले अर्को चरणमा पुग्ने मौकासमेत गुमाएको छ । समूह ‘ई’ मा रहेको मनाङले ५ खेलमध्ये तीन खेलमा हार र दुई खेलमा बराबरी खेल्दै दुई अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment