Comments Add Comment

हुम्ला दुर्घटना अपडेट : गोताखोरले पनि भेट्टाउन सकेन बेपत्ता जिप

५ असार, हुम्ला । कर्णालीमा खसेर बेपत्ता गाउँपालिका उपाध्यक्षसहित ९ सवार जीप खोज्न  हुम्ला पुगेकाे गोताखोरसहित पुगेकाे टोली निराश बनेको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–५, बेडुबिसौनास्थित कर्णाली नदीमा खसेर बेपत्ता लु१ज ७१६६ नंको जिप नभेटिएपछि टोली निराश बनेको हो ।

जिप खोजीका लागि लागि कुरिनटारबाट सशस्त्र प्रहरी बल निरीक्षक लक्ष्मण बस्नेतको नेतृत्वमा गोताखोरसहितको १० जनाको टोली घटनास्थल पुगे पनि अहिलेसम्म नभेटिएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

नदीमा पानीको बहाव बढी भएका कारण खोजीमा समस्या भएको उनले बताए ।

मंगलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनापछि अपराह्न १ बजेदेखि बुधबार साँझसम्म खोजीकार्य जारी रहे पनि जिप दुर्घटनामा रहेका यात्रु भेट्टाउन नसकिएको हो ।

स्थानीयवासीले जिप दुर्घटना भएको स्थानदेखि कर्णालीको किनारैकिनार खोज्दै जाँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु हमाल शाहीको एउटा झोला भेट्टाएको स्थानीयवासीले बताएका छन् ।

पाध्यक्ष शाहीको झोलामा रु ६४ हजार, नागरिकता, अन्य कागजात फेला परेको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

जिप र सवारयात्रुको कुनै पत्ता नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्ला, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको पहलमा कुरिनटारबाट गोताखोर हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित दुर्घटनास्थलमा पुगेको हो ।

ससस्त्र प्रहरी बल निरीक्षक बस्नेतका अनुसार कर्णाली नदीमा पानीको बहाव बढेकाले खोजीकार्य जटिल बनेको छ ।

मंगलबार दुर्घटना भएको जिपमा पहिचान नभएका एक अर्को व्यक्ति रहेको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।

शोकमा हुम्ला

यही असार ३ गते मंगलबार जिप दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित १० बेपत्ता हुँदा हुम्ला यतिबेला शोकमा डुबेको छ ।

कर्णाली नदीमा खसेको जिपमा सवार सबैको खोजीमा सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब १ हजार स्थानीयवासी संलग्न रहे पनि भेट्टाउन सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment