
५ असार, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले चिनियाँ समकक्षी लि जुओचाङसँग भेटवार्ता गरेका छन् । चीनको साताव्यापी औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका थापाले बुधबार लि जुओचाङसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
यसअघि बेइजिङस्थित चिनियाँ जनमुक्ति सेनाको हेडक्वार्टरमा प्रधानसेनापति थापाको सम्मानमा चिनियाँ सेनाले सम्मान गारत अर्पण गरेको थियो ।
सो अवसरमा प्रधानसेनापति थापाले चिनियाँ जनमुक्ति सेनाबाट नेपाली सेनालाई मानवीय सहायता तथा विपद व्यवस्थापन सहयोग अन्तरगत प्रदान भएको १५ करोड युआन बराबरको सामग्रीहरु तथा विभिन्न प्रकारका सवारी साधन प्राप्त गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रधानसेनापति थापाले बुधबार नै चिनियाँ जनमुक्ति सेनाको विभिन्न सैनिक संरचनाहरुको निरीक्षण भ्रमण गरेका थिए । उनले ग्रटवाल लगायत अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुको पनि भ्रमण गरेको नेपाली सेनाले जनाएको छ ।
असार १ गतेदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति थापा असार ७ गते शनिबार काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया 4