+
+
Shares

धारिलो हतियार प्रयोग गरी बर्दियामा १ जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते ११:२६

बर्दियाको राजापुर नगरपालिका–३ नङ्गापुरमा ५५ वर्षीय जयराम थारूको गएराति आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

उनको धारिलो हतियार प्रयोग गरी सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ ।

मृतकको घरमा उनी र बुहारी मात्र रहेको खुलेको छ । बुहारी घरभित्र चुकुल लगाएर सुतेको र मृतक ससुरा बाहिर आँगनमा सुतेका थिए ।

उनका छोरा भने वैदेशिक रोजगारमा गएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजीत महराले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?