Comments Add Comment

मलेसियाको रोजगारीबारे दुई देशको प्राविधिक समितिको बैठक बस्ने

५ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनसँग शिष्टाचार भेट गरेका छन् । मंगलबार साँझ भएको भेटका क्रममा दुई देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भएको छ ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा स्विटजरल्याण्डमा दुई जनाबीच भेटघाट भएको हो । नेपालको प्रतिनिधि मण्डलमा रहनुभएका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने विषयमा छलफल केन्दि्रत थियो ।

त्यसका लागि एक महिनाभित्रै दुवै देशको संयुक्त प्राविधिक समितिको बैठक बस्ने भएको छ । छलफलमा दुवै देशले अहिलेसम्म गरेका तयारीका बारेमा जानकारी गराएका थिए ।

एक वर्षदेखि मलेसियामा नेपाली काकदार जान पाएका छैनन् । श्रम समझदारी भएपनि नेपालले भिसा प्रक्रियमा नयाँ संयन्त्र खडा गर्न मलेसियासाग माथग गर्दै आएको छ ।

तर, मलेसियाले पुरानो भिसा संयन्त्रमा पुनर्विचार गरेको छैन । यसका कारण मलेसियाको रोजगारी अरुरुद्ध छ ।

नेपालले मलेसिया जाने कामदारमाथि अवैध तबरले शुलक थोपारिएको भन्द्यै मलेसिया जान श्रम स्वीकृति बन्द गरेको लामो समय भइसक्दा पनि अन्योलले निकास पाएको छैन । श्रम,रोाजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट आफूले कारवाही गरेको संयन्त्रमार्फत नै कामदार मलेसियामा पठाउन नसकिने अडानमा छन् ।

भिसा प्रक्रियामा सामेल कम्पनीलाई हटाउने वा नहटाउने भन्नेबारे मलेसियाली सरकारभित्रै विवाद छ । यसका कारण पनि नेपाली कामदार मलेसिया जाने बाटो खुल्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment