Comments Add Comment

गुठी विधेयक फिर्ताले लाखौं भूमिहीनको भावनामा ठोस पुग्यो : गंगा चौधरी

५ असार, काठमाडौं । सत्तारुढ नेकपाका सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयक फिर्ता हुँदा गुठी पीडितको भावनामा ठेस पुगेको बताएकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भूमीहीन, जोताहा किसानले सरकारले ल्याएको गुठी विधेयकको स्वागत र समर्थन गरे पनि फिर्ता लिएपछि उनीहरुको भावनामा ठेस पुगेको बताएकी हुन् ।

‘गुठी विधेयक फिर्ताले गुठी पीडितको भावनामा ठूलो ठेस पुगेको छ’ उनले भनिन् ‘गहभरि आँशु लिएर ठेला परेका हात, चिरा परेका गोडा लिएर भोकभोकै ठूलो खुला मैदानबाट लाखौं भूमीहीन, गुठी पीडीत किसानले भन्दै थिए, सरकार तिमीलाई धन्यवाद छ । हाम्रो निम्ति कम्युनिस्ट सरकार छ ।’

सामन्तवादी सोच भएका र प्रमख प्रतिपक्षी नेपाली कांग्रेसले दुखीहरुको खुसी देख्न नसकेर गुठी विधेयकका विषयमा भ्रम छरेर विधेयक फिर्ता गराउने खेल खेलेको चौधरीले आरोप लगाइन् । काठमाडौं उपत्यकाका सरोकारवालाको दबाबपछि गत मंगलबार भूमि व्यवस्था मन्त्री पदमा अर्यालले गुठी विधेयक फिर्ता लिएकी थिइन् ।

‘मालिकहरु सदनमा पनि छन्’

सांसद चौधरीले आफ्नो पुर्वजलाई कुन भुगोल कतिमा बेचिएको, कसले खरिद गरेको वा कुन कागजमा सही गरिएको भन्ने थाहा नभएको बताइन् ।

‘पूर्वजहरुलाई यति कुरा थाहा छ– पूर्वजहरुको विमतिका बाबजुद पनि मालिकहरुको डर, धाक धम्कीमा भूगोल लुटियो’, चौधरी भन्छिन्, ‘किनकी ती सामन्तीहरुलाई हाम्रा पूर्वजहरुले रातो भाले खुवाउन सकेनन् । रक्सी पियाउन सकेनन् र त्यहि झोंकमा हाम्रा पूर्वजहरुको पसिना लुटेर मुठ्ठिभरका दलालहरुलाई मालिक बनाएका हुन् ।’

ती मालिकहरु अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आर्कषक विज्ञापन गरिरहेको उनले बताइन् । उनी भन्छिन्, ‘इतिहासले केही पदचाप छोडेर गएको छ र डोकोभरि पैसा लुटेर भागेका महन्थहरु धनसहित कसैको चेलीबेटी भगाएर भूमाफियाहरुले किस्ता किस्तामा बिक्री गरेर मिलेमत्तोमा ढुकुटी लुटिरहेका छन् ।’

ती मालिकहरुले आफ्नो जग नहल्यिोस् भनेर गुठी विधेयकको विरोधमा सडकमा गएको उनको आरोप छ ।

‘मालिकहरु सदनमा पनि छन्’ उनले भनिन, ‘विगतको लुट इतिहास नबाहिरियोस भनेर विधेयकको दफा दफामा झुटको वकालत गरिरहेका छन् ।’

यसअघि केही दिनअघि सांसद सत्गौवाले गुठी विधेयकको विरोधमा उत्रिनेहरु भाडाको मान्छे भएको टिप्पणी गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment