+
+
Shares

१० गतेबाट ‘दराज मोबाइल विक’, कार्ड पेमेन्टमा २५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ५ गते १९:४५

५ असार, काठमाडौं । नेपालको बृहत्तर अनलाइन शपिङ्ग दराजले यही १० गतेबाट ‘मोबाईल वीक’ सुरु गर्ने भएको छ।

दराजका अनुसार अभियानमा उपभोक्ताले फोन, ल्यापटप, टिभी, एक्सेसरिस, तथा अन्य ग्याजेटहरुमा भारी छुट पाउनेछन्। एक हप्ताको यो अभियान उपभोक्ताको लागि उपलव्धीमूलक हुने कम्पनीको दावी छ।

उक्त अभियानभर नयाँ फोनहरुको लन्चदेखि भौचार ,फ्ल्याश सेल्स र अन्य डिस्काउन्ट्स पाउन सकिने छ।

सबै गरी फोनमा ५४५ र एक्सेसरिसमा ७३५ को छुट रहेको दराजले जनाएको छ। साथै ग्राहकले मोबाईल वीकमा सपिङ गरेबापत ‘आइ फोन एक्सआर’ जित्ने मौका पाउनेछन् ।

यसको साथसाथै दाराजले ६ बैंकहरुसँग मिली कार्ड पेमेन्टमा पनि भारी छुटको व्यवस्था गरेको छ।

अफरमा सिद्धार्थ बैंक, एनआइसी एशिया, नबिल, सानिमा,  स्ट्यान्डर्ड चार्टड, बैंक अफ काडमाण्डूका कार्ड पेमेन्टमा ५ देखि २५ प्रतिशतसम्म छुट पाउन सकिने छ।

बैंकहरुको कार्ड भएका तर अनलाईन पेमेन्ट सेवा सुचार नभएका ग्राहकले आफ्नो बैंकसँग सम्पर्क गरी सेवा सुचारु गर्नसक्ने छन्।

यसरी भुक्तनी गर्दा कार्डको जानकारी सत प्रतिशत सुरक्षित रहने बताउँदै दराजका प्रबन्ध निर्देशक जय कवीले ढुक्क भएर कार्ड प्रयोग गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?