
६ असार, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आफ्ना पूर्वअध्यक्ष एवम् पूर्व शिक्षामन्त्री धनिराम पौडेलको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
पूर्वमन्त्री पौडेलको गत जेठ ३१ गते चितवनको माडीस्थित आफ्नै घरमा हृदयाघातका कारण निधन भएको थियो ।
शुक्रबार राजधानीमा अनेरास्ववियू केन्द्रीय कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा नेकपा नेता योगेश भट्टराईले पौडेलको निधनले पार्टी र आन्दोलनलाई अपुरणीय क्षति भएको बताए ।
विद्यार्थी आन्दोलनमा सहकार्य गरेको स्मरण गर्दै भट्टराईले भन्नुभयो, ‘उहाँको निधनले पार्टीले एउटा असाध्यै निष्ठावान, इमान्दार र वर्गप्रति दृढ नेता गुमाएको छ ।’
श्रद्धाञ्जली सभामा नेकपाका अर्का नेता लिलामणी पोखरेलले पौडेल अवसर पाएर पनि बेइमान नबनेको एउटा असल क्रान्तिकारी योद्धा भएको बताए ।
कार्यक्रममा अनेरास्ववियू -क्रान्तिकारी) का पूर्व अध्यक्ष रमेश मल्लले स्वर्गीय पौडेल निष्ठा र इमानको पर्याय भएको बताए ।
अनेरास्ववियू संयोजक ऐन महरले पौडेल नेपालको सार्वजनिक शिक्षा रुपान्तरणको अग्लो अभियन्ता भएको स्मरण गरे ।
कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले स्वर्गीय पौडेलको जन्मदेखि मृत्युुसम्मका विविध पक्षमा प्रकाश पारेका थिए ।
प्रतिक्रिया 4