Comments Add Comment

गुठी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढिसक्यो : मन्त्री अर्याल

६ असार, काठमाडौं । भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा अर्यालले गुठीसम्बन्धी विधेयक फिर्ता लिने प्रक्रिया अघि बढेको बताएकी छन् ।

प्रतिनिधिसभामा शुक्रबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले हिजो मन्त्रिपरिषदले निर्णय गरेर फिर्ता लिने प्रक्रिया सुरु गरिसकेको बताइन् । ‘सरकारले हिजोमात्रै निर्णय गरेर राष्ट्रियसभाका निम्ति प्रक्रिया अगाडि बढिसकेको छ’ उनले भनिन् ।

गुठी जग्गाका किसानको हक स्थापित गर्ने र धार्मिक मूल्य, मान्यता र परम्परा कायम राख्ने, यसमा देखिएका विसंगति अन्त्य गर्ने गरी सरकार अघि बढे पनि अहिलेका लागि उक्त प्रक्रिया स्थगित गर्नुपर्ने अवस्था आएको मन्त्री अर्यालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment