+
+

नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १७:२३

६ असार, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभामार्फत विशेष प्रस्ताव पारित गरिएको हो ।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी रु १२.५९ अर्ब र जेबिल्स फाईनान्स लिको चुक्ता पूँजी रु ०.८४ अर्ब भएकोमा जेबिल्स फाईनान्सको रु. १०० को एक शेयर बराबर रु. ३३ प्रदान गर्ने प्रस्ताब पारित भए मुताबिक जेबिल्स फाईनान्स प्राप्तिपछि एनआईबिएलको चुक्ता पूँजी रु १२.८७ अर्ब पुग्ने छ ।

जेबिल्स फाईनान्सको प्राप्तिपछि बैंकको कुलनिक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ भने कूलकर्जा १ सय ३२ अर्ब रहने छ । जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहनेछ ।

जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि एनआईबिएलको हालकै संचालक समिति तथा प्रमुख कार्यकारी अधिकृत कायम रहने छ ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यका बाहिर ५७ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्नाग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?