Comments Add Comment

मुद्दा मिलाइदिने भन्दै प्रहरीले घुस लिएको आरोप

६ जेठ, रौतहट । रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयका एक प्रहरीले मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोप लागेको छ ।

सडक दुर्घटनापछि हिरासतमा लिइएका टिपर चालकलाई छुटाउन मुद्दा फाँटमा कार्यरत हवल्दार परमेश्वर केशरीले २० हजार रुपैयाँ घुस मागेको उक्त टिपरधनीले बताएका छन् ।

जेठ ११ गते गरुडाबाट चन्द्रनिगाहपुर आउदै गरेको ना ७ ख ३८३७ नम्बरको टीपरले कमलपट्टी नजिकै ठक्कर दिँदा बालिका सकुन्तला पासवानको मृत्यु भएको थियो । सोही घटनामा प्रहरी हिरासतमा रहेका चालकको मुद्दा कमजोर पारेर चालकलाई छुटाउने र प्रहरी नियन्त्रणमा रहेको टिपर छाड्ने भन्दै उनले घुस मागेका हुन् ।

प्रहरी हवल्दार केशरीले आफ्नो मोबाइल नम्बर ९८५५०९०९०२ बाट टिपरधनी ९८१३७६०९०० को मोबाइलमा एसएमएस गरेर ३० हजार लिएर इलाका प्रहरी कार्यालयमा आउन म्यासेज पठाएका थिए । गरुडाका प्रहरी निरीक्षक अनमोल खड्काको कार्यकक्षमा हवल्दार केशरीले २० हजार रकम आफूसँग लिएको टिपरधनीले बताएका छन् ।

उक्त घटनाको बारेमा अनुसन्धान टोली गठन गरेको रौतहट प्रहरीका प्रवक्ता डिएसपी नविन कार्कीले बताए । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी तुलसी अर्यालको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको र सो समितिको प्रतिवेदन पश्चात दोषी देखिएमा हदैसम्मको कारवाही हुने डिएसपी कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment