Comments Add Comment

कबीर सिंहः प्रेम र बर्वादीको मर्मस्पर्शी कथा

एक दृश्यमा कबीर सिंह (शाहिद कपूर) भन्छन्, ‘जिन्दगीमा तीन घटना नै राम्रो हुन्छ-जन्मनु, प्रेममा पर्नु र मर्नु ।’

चलचित्र एक यस्तो दृश्यसँग सुरु हुन्छ, जहाँ एक पुरुष र महिला ओछ्यानमा सुतिरहेका हुन्छन् । पछाडिबाट समुन्द्रको तिब्र छालको आवाज आउँछ । त्यही छालको आवाजसँगै हामी कबीर सिंहको तुफानी जिन्दगीमा प्रवेश गर्छौ ।

उनी एक मेडिकल सर्जन हुन र फुटबल च्याम्पियन पनि । उनी कलेजका टपर हुन् । पढाईमा मेधावी । पढाईमा मात्र होइन, हरेक क्षेत्रमा उत्तिकै अब्बल पनि । कलेजको फुटबल टिमको कप्तानी उनैले सम्हालेका छन् । यद्यपी उनी भित्रभित्रै थुप्रै समस्यासँग पनि जुधिरहेका छन् । सायद यही कारणले हो कि, उनी निकै रिसाह छन् । उनलाई रिस उठिरहन्छ । झोंकी छन् ।

कबीर सिंहको नजर जसै प्रीति (कियारा आडवाणी)माथि पर्छ, ऊ बिद्रोही बन्छ । यस्तो विद्रोही जसको एक लक्ष्य पनि छ ।

प्रीतिले पनि कबीरलाई आफ्नो मनको कुरा पोख्छिन् । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्दैन । त्यसपछि कबीर बर्बादीतर्फ लाग्छन् । मदिरा, नसा र सेक्सको दलदलमा फस्छन् । यसैबाट उनी आफ्नो दुःख भुल्ने कोसिस गर्छन् ।

कबीर सिंह तेलुगू फिल्म अर्जुन रेड्डीको हिन्दी रिमेक हो । तेलुगू फिल्ममा विजय देवरेकोंडा र शालिनी पान्डेले चलचित्रको प्राण धानेका थिए । शाहिद कपूरलाई मुल चलचित्रको हरेक प|mेममा जस्ताको तस्तै उतारिएको छ । पहिले बनिसकेको चलचित्रलाई निर्देशक सन्दीप वांगा रेड्डीले नयाँ दर्शकका लागि थप स्वादिलो बनाएको छ ।

कबीर सिंहमा धेरै कुराको अभाव छ । उनी पियक्कड हुन् । सुन्दरीप्रति हुरुक्कै हुन्छन् । उनी एक झोंकी प्रेमी हुन् । तर, उनी कसरी यस्तो भए ? के कारणले उनलाई यो मोडमा ल्याइदियो ?

कबीरका भाई आफ्ना हजुरआमासँग भन्छ कि कबीरलाई सहयोग गर्नुहोस्, उसको दुःखमा साथ दिनुहोस् । हजुरआमा भन्छिन् कि दुःख कहिल्यै कसैले कम गर्न सक्दैन । सबैले आ-आफ्नो दुःख झेल्नुपर्छ । आफ्नो भागको दुःख आफैसँग हुन्छ ।

चलचित्र हेरिरहँदा तपाईं कबीर सिंहको रुपमा आफुलाई पाउनुहुनेछ । उत्कर्षसम्मै तपाईंले चलचित्रमा आफ्नो यात्रा अनुभूत गर्नुहुनेछ । यही नै कबीर सिंहको जीत हो ।

पटकथाकारले केही दृश्यहरु भने छाडिदिएका छन्, जसले चलचित्रलाई अरु गहिरो बनाउन सक्ने थियो ।  यद्यपी तीन घण्टासम्म तपाईंलाई कबीर सिंहले आफुसँगै डोहोर्‍याउनेछ ।

कबीर सिंह खासमा शाहिद कपूरकै चलचित्र हो । प्रेम, आवेग, रिस, सनक, उत्साह सबै किसिमको संवेदनालाई उनले निकालेका छन् । जसरी विजय देवरेकोंडाले अर्जुन रेड्डीको हरेक दृश्यमा आफुलाई उभ्याएका थिए, त्यसैगरी शाहिदले कबीर सिंहमा आफ्नो उपस्थितीलाई जोडदार बनाएका छन् । त्यसो त तेलुगू चलचित्र नै हिन्दी चलचित्र भन्दा केही राम्रो थियो ।

जे भएपनि कबीर सिंह एक उत्कृष्ट लभस्टोरी हो । यसले तपाईंलाई प्रेमिल दिनमा पुर्‍याउनेछ । शाहिदले तपाईंको हृदयसम्म त्यो पीडा पुर्‍याउनेछ, जो अक्सर वियोगान्त प्रेममा हुनेगर्छ ।

यद्यपी यो चलचित्र पनि पूर्ण रुपमा राम्रो भन्न सकिने चाहि छैन । कतिपय गल्ती कमजोरी यसभित्र छन् । त्यती हुँदाहुँदै पनि कबीर सिंहले निरास भने बनाउने छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment