Comments Add Comment

इतिहास रच्न चुक्यो अफगान, अन्तिम ओभरमा सामीको ह्याट्रिक विकेट

काठमाडौं । अन्तिम ओभरमा भारतका मोहम्मद सामीले ह्याट्रिक विकेट लिँदा अफगानिस्तान विश्वकप क्रिकेटमा ऐतिहासिक जितबाट चुकेको छ ।

भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले सबै विकेट गुमाएर २१३ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र अर्धशतक बनाइसकेका मोहम्मद नाबी क्रिजमा थिए ।

भारतका सामी बलिङमा आए । पहिलो बलमा नाबीले चौका हाने भने दोस्रो बलमा उनी चौका हान्न चाहन्थे तर सकेनन् । उनले एक रन लिन चाहेनन् ।

तेस्रो बलमा छक्का हान्ने प्रयासमा उनी आउट भए । यो ऐतिहासिक जित नजिक रहेको अफगानिस्तानका लागि ठूलो झड्का थियो । अर्को बलमा अफताव आलम र मुजिव उर रहमानलाई आउट गर्दै सामीले ह्याट्रिक मात्र पुरा गरेनन्, भारतलाई ११ रनको रोमाञ्चक जित दिलाएका छन् ।

यसअघि साउथ ह्याम्पटनमा टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन मात्र बनाएको थियो ।

भारतको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर मात्र ७ रन हुँदा भरपर्दा ब्याट्सम्यान रोशिच शर्मालाई मुजिब उर रहमानले बोल्ड गरेका थिए । त्यसपछि दबावमा आएको भारतका कुनै पनि ब्याट्सम्यानलाई अफगान बलरहरले खुलेर खेल्न दिएनन् ।

यद्यपि कप्तान विरोट कोहलीले केएल राहुलसँग मिलेर पारी सम्हाल्ने कोसिस गरे । ५७ रनको साझेदारी गरेका राहुल ३० रनमा आउट भए । विजय शंकरले पनि कोहलीलाई राम्रै साथ दिए ।

५८ रनको साझेदारी गरेका उनी २९ रनमा आउट भए । चौथो विकेटका रुपमा कोहली व्यक्तिगत ६७ रनमा आउट भए, जतिबेला भारतको स्कोर १३५ रन थियो । एमएस धोनी र केदार जादवले भारतीय पारी सम्हाल्ने प्रयास गरे । धानी २८ रनमा आउट भए भने जाधव ५२ रनमा आउट भए ।

हार्दिक पाण्डेय ७ र मोहम्मद सामी मात्र १ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment