+
+
Shares

लोकसेवाको विज्ञापन संविधानसम्मत : मन्त्री पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १६:२७

८ असार, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन संविधान तथा प्रचलित कानून बमोजिम भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘स्वतन्त्र संवैधानिक आयोगको हिसाबले लोकसेवा आयोगले आफ्नो मुख्य जिम्मेवारी कानून सम्मत र निष्पक्षताका साथ पुरा गर्दछ भन्नेमा सरकारको विश्वास रहेको छ ।’

लोकसेवाले स्थानीय तहका विभिन्न पदमा गरी ९ हजार १६१ जना कर्मचारी भर्नाका लागि निकालेको विज्ञापनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको छ । यसअघि राज्य व्यवस्था तथा सुशासन समितिले उक्त विज्ञापन रद्द गर्न आयोगलाई निर्देशन दिएको थियो ।

मन्त्री पण्डितले कर्मचारी नियुक्ति, सरुवा, बढुवा र पदास्थापन प्रचलित कानून बमोजिम भइरहेको बताए । ‘यसमा कुनै नातावाद, कृपावादको कुनै गुञ्जायस छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?