Comments Add Comment

अलफ्ट ठमेल र अलियन्स फ्रान्सेसबीच विश्व संगीत दिवस मनाउन साझेदारी

८ असार, काठमाडौं । शान्ति हस्पिटालिटी म्यानेजमेन्ट सर्भिसेस (एसएचएमएस) को व्यवस्थापनमा सञ्चालित अलˆट काठमान्डु ठमेलले विश्व संगीत दिवसको अवसर पारेर अलियन्स फ्रान्सेस डे काठमान्डुको आयोजनामा सन् २०१९ को अलफ्ट म्युजिक सिरिजअन्तर्गत लाइभ एट अलफ्टको एक विशेष संस्करण ‘फेट डे ला म्युजिक’ ठमेलस्थित छायादेवी कम्प्लेक्समा शुक्रबार सम्पन्न गरेको छ ।

नेपालकै पहिलो अलफ्ट होटल विश्वका २६ देशमा सञ्चालित १ सय ४० अलˆट होटल परिवारसँग जोडिएको छ । वाषिर्क विश्व संगीत दिवस मनाउन अलियन्स फ्रान्सेस डे काठमान्डुले आयोजना गरेको कार्यक्रमको प्रायोजनबाहेक अलफ्ट काठमान्डु ठमेलले आˆनो डब्लु एक्सवाइजेड बारमा ‘लाइभ एट अलफ्ट’ म्युजिक सिरिज सार्वजनिक गरेको छ ।

लाइभ एट अलफ्ट एक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कन्सर्ट संस्करण हो जुन नेपालकै संगीत तथा रात्रिजीवनको केन्द्र मानिने ठमेलस्थित आफ्नो होटल परिसरमा नियमित आयोजना हुँनेछ । जसमा उदीयमान र अनुभवी कलाकारहरूले आˆना गीत/संगीतका माध्यमबाट पाहुनाहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछन् ।

एक दशकदेखि अन्तर्राष्ट्रिय रूपमा अलफ्ट यसका तीन प्रमुख स्तम्भ संगीत, प्रविधि र ढाँचाका लागि प्रख्यात छ । विश्वभर रहेका अलˆट होटलहरूले आˆना डब्लु एक्सवाइजेड बारमा नियमित प्रत्यक्ष संगीत साँझ आयोजना गर्दै आएका छन् जसले स्थानीय उदीयमान र आउने तयारीमा रहेका प्रतिभालाई प्रवर्द्धन गर्न ठूलो मद्दत गर्ने छ ।

नियमित भ्रमण गरिरहने र जीवन्त सामाजिक दृश्यबाट मनोरञ्जन लिन चाहने आजको आधुनिक भ्रमणकर्तालाई अलˆट काठमान्डुले व्यावसायिक क्षमतासहित उचित र उपयुक्त सेवा-सुविधाको व्यवस्था गर्छ । संगीत तथा खाना र पेयमा सहरप्रेरित ढाँचा, पहुँचयोग्य प्रविधि र नवीन कार्यक्रमलाई केन्द्रमा राखेका कारण अलफ्ट काठमान्डुले अन्य परम्परागत होटलका तुलनामा भिन्नै परिचय दिन सफल भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment