Comments Add Comment

‘दाल भात तरकारी’को ५१ दिनमा प्राविधिकलाई बोनस, आँचललाई आइफोन(फोटो फिचरसहित)

वैशाखको २० गतेबाट रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’ले विभिन्न ३ हलमा ५१ दिन मनाएको अवसरमा सेलिव्रशन कार्यक्रममको आयोजना गरिएको छ । ललितपुरमा आयोजना भएको कार्यक्रममा चलचित्रको निर्माण टिमले प्राविधिकहरुलाई प्रमाणपत्र र बोनस वितरण गरेको थियो । कमै मात्र चलचित्रले सफलतामा प्राविधिकहरुलाई बोनस वितरण गरेको पाइन्छ ।

यस्तै, चलचित्र निर्माणमा आवद्ध सम्पूर्ण टिमलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा चलचित्रकर्मी नायिका आँचल शर्मालाई भने आइफोनको पछिल्लो भर्सन उपहार दिइयो । चलचित्रका निर्माता किरण केसीले आँचलले ५१ चलचित्रले ५१ दिन मनाएको खण्डमा आफूलाई उपहार दिनुपर्छ भनेकाले दिएको बताए ।

सुदन केसीको निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ । कार्यक्रममा चलचित्रका मुख्य कलाकारको साथमा नायक भूवन केसी, नायिका करिश्मा मानन्धर पनि पुगेका थिए । चलचित्रले गोपिकृष्ण मुभिज, अष्टनारायण र गुण सिनेमामा ५१ दिन मनाएको निर्माणपक्षले बताएको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment