Comments Add Comment

चेपाङ विद्यार्थीलाई सिप्रदीयन सहायता संस्थाको छात्रवृत्ति

९ असार, काठमाडौं । सिप्रदीयन सहायता संस्थाले चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।

नारायणघाटको रत्ननगर स्थित विन्देश्वरी आधारभूत विद्यालयमा विगत ७ वर्षदेखि अध्ययनरत चेपाङ विद्यार्थीहरूलाई छात्रवृत्तिप्रदान गरिएको हो।

सिप्रदीयन सहायता संस्थाले ती चेपाङ विद्यार्थीहरूलाई विगत ७ वर्षदेखि पढाइ र छात्रावासमा रहन आवश्यक पर्ने खानेकुरा, कापीकलम, बिछ्यौना, लत्ताकपडाहरू उपलब्ध गराउँदै छ।

ती चेपाङ विद्यार्थीहरूले कक्षाकोठा र विद्यालय तथा क्षेत्रीय स्तरमा आयोजनाहुने अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् र माध्यमिक परीक्षा एसईईमा पनि चेपाङ विद्यार्थीहरू उत्कृष्ट अंकल्याई उत्तीर्ण भएका छन् ।

विन्देश्वरी आधारभूत विद्यालयमा आयोजित एक विशेष समारोहमा जेसिस रत्ननगरका पूर्वअध्यक्ष समेत रहेका टाटा योद्धा ग्राहक उमेश गिरीले चेपाङ विद्यार्थीहरूलाई सिप्रदीयन सहायता संस्थाको तर्फबाट १३ लाख ७४ हजार रुपैयाँ हस्तातन्तरण गरे ।

सफल मोर्टसका प्रोपाइटर तथा टाटा मोटर्सका क्षेत्रीय वितरक गोपाल भट्टराई पनि सो समारोहमा उपस्थित थिए ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधि रजत श्रेष्ठले भने,’सन् २०१२ मा स्थापना भएदेखि नै सिप्रदीयन सहायता संस्था शिक्षाको क्षेत्र कार्य गर्दै आएको छ । हामीले विभिन्न समुदायकाआर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । शिक्षा प्राप्त गर्न पाउने सबैको अधिकार हो र हाम्रो लक्ष्य भनेको आर्थिक रूपमा कमजोर भएकै कारण विद्यालय छाड्नुपर्ने विद्यार्थीहरूको संख्या कम गर्ने हो । र हामी चेपाङ विद्यार्थीहरूको सफलता र उपलब्धिहरूलाई देखेर निकै खुसी छौं ।’

सिप्रदीयन सहायता संस्थाले शिक्षाको क्षेत्रमा सक्रिय सहयोग र योगदान गर्दै आएको छ । हालै सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट इन्डियासँग साझेदारी गरी विसं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको भूकम्प प्रतिरोधी र अत्याधुनिक सिन्धुपालचोक जिल्लास्थित कुपकन्या माध्यमिक विद्यालय हस्तान्तरण र्गयो ।

सो विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातवटा विभिन्न विद्यालयहरूको पुनर्निर्माणको जिम्मेवारी सिप्रदीयन सहायता संस्थाले लिएको छ । अहिलेसम्म तीनवटा विद्यालयहरूको पुनर्निमार्ण सम्पन्नभई हस्तान्तरण गरिसकिएको छ भने बाँकी विद्यालयहरूको पनि पुनर्निमार्ण अन्तिम चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment