+
+
Shares

विप्लव समूहमा संलग्न भएको आरोपमा फिल्म निर्माता कार्की पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ९ गते १९:३४
Photo Credit : कार्कीको फेसबुकबाट

९ असार, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमा आबद्धतालाई लिएर नेपाल प्रहरीले फिल्म निर्माता नरबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयुक्त टोलीले कार्कीलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख सहकुलबहादुर थापाले उनलाई सोमबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको पुष्टि गरे । ‘उनी केही महिनाअघि प्रतिबिन्धत नेकपामा प्रवेश गरेका रहेछन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थापाले भने, ‘अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’

नायिक रेखा थापाले अभिनय गरेको फिल्म मालिकाको निर्माण कार्कीले गरेका थिए । पछिल्लो समय उनले सरकार र नेपाल प्रहरीलाई लक्षित गरेर सामाजिक सञ्जालमा आक्रोसपूर्ण अभिव्यक्ति दिने गरेका थिए ।

कार्कीमाथि कुन मुद्दा चलाउने भन्ने टुंगो भइसकेको प्रहरी स्रोतले बतायो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?