Comments Add Comment

नेकपाको चितवन जिल्ला कमिटीमा केपी ओली अल्पमतमा !

९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको जिल्ला कमिटी घोषणा गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा जिल्ला कमिटीका सचिव कृष्णभक्त पोखरेलले ११५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरे ।

नयाँ जिल्ला कमिटीमा तत्कालिन नेकपा एमालेबाट ८० र तत्कालिन माओवादी केन्द्रबाट ७५ जना समावेश गरिएको छ ।

नेकपाको प्रदेश कमिटीले जिल्ला कार्यसमितिमा छनोट भएका १५५ जनाको नामावलीबारे परिपत्र गर्दै जिल्ला कार्यसमितिका सदस्यहरुको सूची पठाएको थियो । नवगठित जिल्ला कमिटीका सदस्यहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सपथ ग्रहण गराए ।

यसअघि नै पार्टीले जिल्ला कमिटीको अध्यक्षमा तत्कालिन माओवादी केन्द्रका नेता यमबहादुर परियार र सचिवमा तत्कालिन एमालेका नेता कृष्णभक्त पोखरेललाई चयन गरेको थियो । पार्टीको आन्तरिक विवादका कारण जिल्ला कमिटीको टुंगो लगाउन ढिलाइ भएको हो ।

केपी ओली समूहका ६ र बादलका ७ जना

१५५ सदस्यीय जिल्ला कमिटिमा केपी ओली समूहका जम्मा ६ जना मात्रै सदस्य चयन भएका छन् । तत्कालिन एमाले चितवन पार्टी सचिव पार्वती रावलसहित जम्मा ६ जना मात्रै ओली समूहका सदस्यले सपथ ग्रहण गरे ।

तत्कालिन एमालेको नवौं जिल्ला अधिवेशनमा ओली समूहको पराजित भएको थियो । माधव नेपाल समूहले जिल्ला कमिटिका अधिकांश स्थान जितेको थियो । सोही आधारमा माधव नेपाल पक्षले अहिलेको नयाँ जिल्ला कमिटीमा पनि आफ्नो वर्चश्व राखेको छ ।

नयाँ जिल्ला कमिटिमा पूर्वमाओवादीलाई झण्डै ५० प्रतिशतको हाराहारीमा सदस्यहरु दिएको भन्दै पूर्वएमाले भित्र असन्तुष्टि बढेको छ । तत्कालिन जिल्ला पार्टी नेतृत्वप्रति पूर्व माओवादी हावी भएको उनीहरुको बुझाइ छ ।

जिल्लाको मतलाई आधारमा मान्दा ७०/ ३० को अनुपातमा कमिटी बन्नुपर्नेमा सो नभएको भन्दै पूर्वएमाले वृत्तमा आलोचना भएको हो । कमिटी गठनमा केपी ओली समूह बढी असन्तुष्ट छ ।

ओली समूहमात्रै होइन जिल्ला कमिटी गठनमा पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा बादल समूह पनि असन्तुष्ट बनेको छ ।

प्रचण्ड समूहका कमजोर योगदान र भूमिका भएका व्यक्तिहरुलाई जिल्ला कमिटीमा राखेर बादल समूहका महत्वपूर्ण व्यक्तिहरुलाई बाहिर राखिएको भन्दै असन्तुष्टि बढेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले सामाजिक सञ्जाल फेसवुकमा नै असन्तुष्टि पोखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment