Comments Add Comment

प्रहरी भ्यान दुर्घटना हुँदा २ थुनुवाको मृत्यु

१० असार, रौतहट । गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीसहित ८ जना घाइते भएका छन् ।

थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो ।

दुर्घटना परी लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको वीरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्घटनामा परेर प्रहरी जवानद्धय हरीकिशोर चौधरी र अजय यादव गम्भीर घाइते भएका छन् । दुबैलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ ।

प्रहरी भ्यान चलाएका प्रहरी सहायक निरीक्षक दिपेश चौलागाई, प्रहरी हवलदारद्धय उमेश यादव र विनोद मण्डल तथा जवान संजिव कार्की तथा अभद्र व्यवहार मुद्दामा आरोपित थुनुवा कुमार गेलाल र टेकबहादुर तामाँग सामान्य घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको गाडी इलाका प्रहरी कार्यालयको चन्द्रनिगाहपुरको नभएको पाइएको छ । यो काठ चोरीमा प्रयोग भएको बोलेरो पिकअप गाडी जिल्ला वन कार्यालयमा थियो । त्यसलाई मर्मत नै नगरी म्याद थपका लागि आरोपीहरुलाई लैजाने क्रममा १० जना चढेका थिए ।

गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको स्थानीयबासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment