Comments Add Comment

जोयामाथि फिल्म

हलिउडमा लोकप्रिय श्रृंखला -सिक्वेल) का कुनै लोकपि्रय चरित्रलाई लिएर फिल्म बनाउने चलन पुरानै हो । यो चलनलाई स्पिन अफ भनिन्छ । बलिउडमा बेबीको स्पिन अफ ‘नाम शबाना’ को रुपमा देख्न पाइएको थियो ।

बेबीका मुख्य चरित्र उक्त फिल्ममा सानो भूमिकामा देखिएका थिएन र त्यसलाई बेबीको प्रीक्वेल पनि भनिएको थियो । बलिउडमै टाइगर सिरिजका दुई फिलम एक था टाइगर तथा टाइगर जिन्दा है प्रदर्शन भएर ब्लकबस्टर नै सावित भैसकेका छन् । सलमान खान र कट्रीना कैफ ती फिल्मको मुख्य भूमिका थिए ।

जोया, कट्रीनाको चरित्रको नाम हो, जो पाकिस्तानी हुन् । भनिन्छ, अब यो श्रृंखलाको स्पिन अफ पनि हेर्न पाइनेछ । जोयाको मुख्य भूमिकालाई लिएर एउटा फिल्म बन्ने योजना बनिरहेको छ । उक्त फिल्ममा जोयासँग सम्बन्धित कुराहरु प्रस्तुत गरिने बताइन्छ । कट्रीनाले नै उक्त फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने निश्चित भैसकेको छ ।

उक्त फिल्ममा सलमान खान पनि छोटो भूमिकामा प्रस्तुत हुनेछन् । एक था टाइगरलाई कबीर खानले तथा टाइगर जिन्दा हैलाई अली अब्बास जफरले निर्देश्ान गरेका थिए । जोयाको चरित्रमा आधारित फिल्मलाई भने नयाँ निर्देश्ँकले निर्देश्ान गर्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment