Comments Add Comment

‘सप्तरंग २’मा राजेश हमालदेखि मेलिना राईसम्म

संगीतको सात सुर हुन्छ । प्रकृतिको सातै रंग हुन्छ । रंग र सुर आपसमा लयवद्ध भए के होला ? एउटा मधुर झंकार गुञ्जिएला । सप्तरंग पोतिएला । सप्तरंग अर्थात सात प्रदेश र सातथरी कला-संस्कृति । भूगोल र समुदाय अनुसार आ-आफ्नै मौलिक कला, संस्कृति छन् । यी सबैलाई एकढिक्का बनाउने सिलसिला हो, सप्तरंग ।

सप्तरंग खासमा एक सांगीतिक यात्रा हो । अघिल्लो बर्ष सुरु भएको ‘सप्तरंग म्युजिकल जर्नी’ले देशभर फन्को मार्नेछ । गायन, नृत्य, प्रहसनसहितको यो यात्रा मुलतः देशका सात प्रदेशको प्रतिनिधित्व गर्दै नाच्ने र गाउनेछ । यी सबैमा अलग-अलग सात कलाकर्मीले अगुवाई गर्नेछन् ।

अघिल्लो बर्ष रामकृष्ण ढकाल, पशुपति शर्मा, प्रमोद खरेल, इन्दिरा जोशी, सन्दीप क्षेत्री, दीपक विष्ट र अन्जली अधिकारी सामेल थिए । यसपालीको सूची फरक छ ।

यसपाली अभिनेता राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, हिमाल सागर, प्रकास सपूत, रवि ओड र जितु नेपाल सहभागी हुनेछन् । कार्यक्रमको मेलोमेसो गृष्मा ब्रोडकास्टिङले मिलाएको हो । कार्यक्रम हुने स्थानबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने गृष्मा ब्रोडकाष्टिङले जनाएको छ ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिने यो कार्यक्रमले संगीत र मनोरञ्जन मात्र पस्कने छैन, स्थानिय कला संस्कृति पनि उजागर गर्नेछ । साथसाथै स्थानिय क्षेत्रको पर्यटकिय क्षेत्र र त्यसको संभावना पनि पहिल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment