+
+
Shares

उदयपुरमा गर्मी बढ्यो, त्रियुगाका विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते ९:४२

११ असार, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय गरेको त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृृत जसबहादुर कार्कीले बताए ।

दुई हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा एक सातायता अचानक ४४ डिग्री तापक्रम पुगेपछि दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा अत्यधिक गर्मीका कारण बेहोस भएर लड्ने शिक्षक शिक्षिकासमेत बेहोस हुनेजस्ता अवस्था आएको कारण तीन दिनका लागि सरकारी विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरशिक्षा एकाइ समितिले बताएको छ ।

अहिले त्रियुगा नगरपालिका क्षेत्रमा दिनमा अत्यधिक गर्मी भएको कारण दिनमा कोही पनि घरबाट बाहिर निक्लने अवस्था नभएको स्थानीय देवराज खड्काले बताए । यस्तै गर्मीका कारण दिनमा तीन घण्टा सडक क्षेत्र तथा बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ठप्प हुने गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?