Comments Add Comment

बुद्दिसागरको कथामा ‘बर्मजंगको भिडियो’ बन्ने

चलचित्र ‘चपली हाइट ३’ बनाउन कस्सिएका निर्माता अर्जुन कुमारले अर्को चलचित्रको पनि घोषणा गरेका छन् । उनले सामाजिक संजाल मार्फत चलचित्र ‘बर्मजंगको भिडियो’ बनाउन लागेको जानकारी दिएका हुन् । यो चलचित्रलाई विगत केही बर्षदेखि बुद्दिसागरले लेखिरहेका छन् । नेपाली साहित्यको क्षेत्रमा वुद्दिसागरको नाम चर्चित छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्दैछन् ।

यो चलचित्रलाई डोल्पा लगायतका स्थानमा खिचिनेछ । चलचित्रको लगानी ४ करोड भन्दा माथि हुने वुझिएको छ । चलचित्र खिच्नका लागि २ वटा सेड्यूल आवश्यक पर्ने वुझिएको छ । चलचित्रको कथाले ३० बर्ष अगाडिको परिवेशलाई प्रस्तुत गर्दछ । यसैले पनि यो चलचित्रलाई महत्वाकांक्षी प्रोजेक्टको रुपमा अर्जुनले लिएका छन् । कलाकार फाइनल गर्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

चलचित्रमा नेपाली चलचित्र क्षेत्रमा नाम चलेका धेरै कलाकार हुनेछन् । ‘चपली हाइट ३’को छायांकन सकिएपछि यो चलचित्रको निर्माण सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment