
११ असार, काठमाडौं । जारी विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण धेरै आलोचना ब्यहोर्ने टीम हो पाकिस्तान । सुरुवाती खेलमै वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तान भारतसँग ८९ रनले पराजित हुन पुग्यो ।
सन् १९९२ मा विश्वकपको उपाधि जितेको पाकिस्तानले उक्त प्रतियोगितामा पनि सुरुवाती चरणमा खराब प्रदर्शनका कारण आलोचना ब्यहोर्नुपरेको थियो । अहिले पाकिस्तान ठ्याक्कै सन् १९९२ कै विश्वकपको अवस्थामा छ ।
संयोग नै मान्नुपर्छ सन् १९९२ को विश्वकप र २०१९ को विश्वकपमा पाकिस्तानको प्रदर्शनदेखि हरेक कुरा मेल खाएको छ ।
खेल | १९९२ विश्वकप | २०१९ विश्वकप |
पहिलो खेल | हार | हार |
दोस्रो खेल | जित | जित |
तेस्रो खेल | रद्द (पानी परेपछि) | रद्द (पानी परेपछि) |
चौथो खेल | हार | हार |
पाँचौ खेल | हार | हार |
छैटौं खेल | जित | जित |
सातौं खेल | जित | ? |
क्रिकेट जगतमा सन् १९९२ मा विश्वकप क्रिकेटको उपाधि उचाल्दा जतिको खुशी पाकिस्तानी टिम र समर्थक अहिलेसम्म भएका छैनन् । त्यही पलको प्रतिक्षामा पाकिस्तान क्रिकेट छ ।
तर कठिन सम्भावना बोकेको पाकिस्तानले यो पटक विश्वकप क्रिकेटको उपाधि जिल्छ ? असम्भव भने छैन तर सेमिफाइनल पुग्नै उसको लागि चुनौती छ । अंक तालिकाको सातौं स्थानमा रहेको पाकिस्तानले दुई खेलमा जित तीन खेलमा हार र एक खेलमा वर्षाको कारण खेल रद्द भएपछि उसले ५ अंक मात्रै बनाएको छ ।
प्रतिक्रिया 4