Comments Add Comment

एएफसी कपमा मनाङ जितविहीन

Photo Credit : फाइल तस्वीर

११ असार, काठमाडौं । नेपालको मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपमा जित विहीन बन्दै आफ्नो यात्रालाई सकाएको छ ।

शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङले बुधबार सातदोबाटोमा भएको खेलमा भारतको चेन्नइयिन एफसीसँग पराजित भएसँगै जित विहीन बनेको हो । अन्तिम खेलमा मनाङ चेन्नइयिनसँग ३–२ गोलअन्तरले पराजित भएको हो ।

मनाङलाई आफ्नो घरेलु मैदानमा अन्तिम खेलमा जित हात पार्ने राम्रो अवसर थियो तर त्यसको सदुपयोग गर्न सकेन । पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले दोस्रो हाफमा तीन गोल खादा दुई गोल फर्काउन सफल भयो ।

खेलको ५३ मिनेटमा मोहम्मद रफीले गोल गर्दै चेन्नइयिनलाई अग्रता दिलाएका थिए । ६६औं मिनेटमा इली सबियाले गोल गरेपछि चेन्नाईयिनले दोब्बर अग्रता बनाएको हो ।

तर मनाङका लागि अफिज ओलावालेले खेलको ७१ र ७९ औं मिनेटमा गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए । यो अग्रता मनाङले जोगाई राख्न सफल भएन । ८८औं मिनेटमा मोहम्मद रफीले व्यक्तिगत दोस्रो गोल गर्दै ३–२ गोलको जित दिलाए ।

समूह ‘ई’ मा रहेको मनाङले ६ खेलबाट चार खेलमा हार ब्यहोर्दा दुई खेलमा बराबरी खेल्दै दुई अंक बनाएर एएफसी कप टुंग्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment