+
+
Shares

भारतले वेष्ट इन्डिजलाई दियो २६९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १९:३०

१२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले वेष्ट इन्डिजलाई २६९ रनको लक्ष्य दिएको छ ।

म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोल्र्डमा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २६८ रन बनाएको हो । सम्मानजनक स्कोर बनाउने क्रममा भारतका लागि कप्तान विराट कोहलीले ७२ रन बनाए । उनले ८२ बलमा ८ चौका प्रहार गरे ।

भारतका लागि कप्तान विराट र केएल राहुलले ६९ रनको साझेदारी गर्दै पारी उकासेका थिए । तर राहुल ४८ रनमा आउट भए । भारतको लागि महेन्द्रसिंह धोनी र हार्दिक पाण्ड्याले राम्रो खेल्दै उकासे । धोनी ५६ रनमा अविजित रहे भने हार्दिकले ४६ रनमा आउट भए ।

बलिङतर्फ वेष्ट इन्डिजका केमार रोएचले तीन विकेट लिए । त्यस्तै, कप्तान ज्यासन होल्डर र शेल्डन कोट्रेलले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?