
१२ असार, काठमाडौं । बार्सिलोनाका उपाध्यक्ष जोर्डी कार्डोनरले ब्राजिलियन फुटबलर नेयमार बार्सिलोना फर्कन चाहेको स्वीकार गरेका छन् । तर सञ्चार माध्यममा आए जस्तो उनी बार्सिलोना आउने पक्का भने नभएको प्रष्ट पारे ।
‘नेयमार बार्सिलोना आउन चाहन्छन्, यो ही हो । तर बार्सिलोनाले उनलाई भित्र्याउन कुरा गरेका छैन’ उनले भनेका छन् ।
नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गए, त्यसबेला सम्बन्ध तिक्ततापूर्ण थियो । त्यसतर्फ संकेत गर्दै उनले भने, ‘नेयमारले क्लब छाड्दाका धेरै कुरा छन्, जुन हामीलाई मन परेको छैन । धेरै कुरा सुल्झन बाँकी छ ।’
उनले नेयमार मात्र नभई थुप्रै स्टार खेलाडीहरु क्लबमा आउन चाहेको समेत दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4