Comments Add Comment

धोनीको स्लो ब्याटिङबारे के भन्छन् विराट ?

१३ असार, काठमाडौं । विश्वकपमा बिहीबार भारतले वेष्टइण्डिजलाई १२५ रनले हरायो । ओल्ड ट्राफर्डमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्‍यो र, फेरि शानदार बलिङ गर्‍यो ।

यो जितसँगै भारत सेमिफाइनल नजिक पुगेको छ । भारतले अहिलेसम्म ६ मध्ये पाँच खेल जितेको छ भने एक खेल वर्षाका कारण विथोलिएको थियो ।

भारतको जितमा कप्तान विराट कोहलीले ७२ रनको महत्त्वपूर्ण पारी खेले । यसका साथै पूर्व कप्तान एमएस धोनीले अर्धशतक बनाए र ५६ रनको पारी खेले । ६१ बलको सामना गरेका उनले तीन चौका र दुई छक्का हानेका थिए ।

धोनीको पारीको चर्चा यसका कारण महत्त्वपूर्ण छ कि उनले आफ्नो पारीको सुरुवात निकै ढिलो गतिमा गरेका थिए । सरुवाती २० रन बनाउन धोनीले ४० बलको सामना गरेका थिए । तर अन्तिम ओभरमा दुई छक्का र एक चौका लगाएर उनले भारतीय पारीलाई राम्रो अवस्थामा पुर्‍याए ।

खेल जितेपछि म्यान अफ दी म्याच कोहलीले धोनीको ब्याटिङमा विशेष टिप्पणी गरे । उनले भने, ‘धोनी जे गर्न चाहन्छन्, त्यसबारे सोच्छन् । कुनै पनि खेलाडीको खराब दिन हुनसक्छ । जब धोनीको खराब दिन हुन्छ, सबैले उनका बारेमा कुरा गर्छन् । तर, हामी उनको साथमा हुन्छौं । सबैभन्दा राम्रो कुरा यो छ कि जब अन्तिम ओभरमा हामीलाई १५–२० अतिरिक्त रन चाहिएको थियो, धोनीले हामीलाई त्यो बनाइदिन्छन् ।’

‘धोनीलाई थाहा छ कि तल्लो क्रममा ब्याट्सम्यानसँग कसरी ब्याटिङ गर्नुपर्छ । दशमध्ये आठपटक उनको अनुभव हामीलाई काम लाग्छ । हामीसँग निकै कम खेलाडी छन्, जसले परिस्थितिअनुसार ब्याटिङ परिर्वतन गर्न सक्छन् । धोनी एक व्यक्ति हुन्, जो तुरुन्तै अवस्था बुझेर भनिदिन्छन् कि कति स्कोर बनाउन सकिन्छ ।’

‘यदि धोनीले भनिदिए कि २६५ स्कोर राम्रो हुुन्छ, हामी ३०० बारे सोच्न छाड्छौं । उनी हाम्रा लागि एक महान खेलाडी हुन् र हामी चाहन्छौं कि उनी लगातार हामीसँगै रहुन् ।’

पछिल्लो दुई खेल आफूहरुले चाहे अनुसार नभएको तर जित हात पारेको भन्दै भारतीय कप्तान कोहलीले कुनै पनि अवस्थामा खेल जित्न सक्ने बताए ।

अफगानिस्तानलाई हराउन पनि भारतले निकै संघर्ष गर्नु परेको थियो । त्यो खेलमा पनि धोनीको स्लो ब्याटिङ गरेका थिए, जसको आलोचना पनि भयो । वेष्टइण्डिजविरुद्ध पनि भारतीय ब्याट्सक्यानहरु केही समय संघर्ष गरिरहेको देखियो । ओपनर रोहित शर्मा मात्र १८ रनमा आउट भए भने केएल राहुलले ४८ रन बनाए । विजय शंकरले १४ र र केदार जाधवले ७ रन बनाए । पछिल्ला ओभरहरुमा हार्दिक पाण्डेयले ३८ बलमा ४८ रन बनाएर भारतीय पारीलाई गति दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment