Comments Add Comment

देउरानी-जेठानीः मनमुटाव कि मेलमिलाप ?

ट्राफिक प्रहरी र चालक, सासु र बुहारी, देउरानी र जेठानीबीचको सम्बन्ध त्यती मिठासपूर्ण हुँदैन भन्ने आम धारणा छ । के वास्तवमै उनीहरुबीच कटुतापूर्ण सम्बन्ध हुन्छ ?

अरुको कुरा छाडौं, देउरानी-जेठानीबीचको सम्बन्ध नै केलाउने प्रयास गरौं । विवाहपछि बन्ने धेरै सम्बन्धहरुमध्ये देउरानी र जेठानीको सम्बन्ध पनि अति नै महत्वपुर्ण मानिन्छ ।

यो सम्बन्ध सुमधुर भएमा परिवार रमाइलो र खुशी हुन्छ । यो सम्बन्ध ठिक त्यस्तो सम्बन्ध हो, जुन तरकारीमा नुन र खुर्सानीको सम्बन्ध हुन्छ ।

यर्थाथ चाहि के भने, देउरानी-जेठानीको सम्बन्ध सुमधुर बनाउन त्यति सजिलो छैन । फरक-फरक घर परिवारका महिलाहरु एकै ठाउँमा हरेक कुरा मिलाएर अगाडि बढ्नु गाह्रै हुन्छ ।

अहिले हिन्दी सिरियलहरुमा यहि सम्बन्धलाई बढाइचढाई गरेर देखाइन्छ । जसमा देउरानी र जेठानीको मनमुटाव र एकअकर्ँ प्रति गरिने षड्यन्त्रको बारेमा देखाइन्छ,  जुन दर्शक रमाइलो मान्दै हेर्छन् ।

यद्यपि, वास्तविक जीवनमा सिरियलमा देखाएको जस्तो यो सम्बन्ध नहुन पनि सक्छ । कति घरमा देउरानी जेठानी दिदि-बहिनी जस्तै मिलेर पनि बसेका हुन्छन् ।

जब कुनै युवती विवाह गरेर श्रीमानको घर जान्छिन्, उनलाई आफ्नो श्रीमान् , सासु, ससुराबाहेक जेठानी पनि कस्ती छिन् भन्ने कुराले टेन्सन भएको हुन्छ । त्यस्तै घरमा भएकी जेठानीले पनि देउरानी कस्तो आउने हुन् भन्ने सोचेकी हुन्छिन् ।

तर जब दुई देउरानी र जेठानीले एक-आपसमा साथी, दिदी-बहिनीको जस्तो व्यवहार गर्छन्, हरेक कुरामा एक-अर्कालाई सहयोगको भावनाले हेर्छन्, तब यो सम्बन्ध जस्तो राम्रो र गहिरो सम्बन्ध अरु हुनै सक्दैन ।

यदि देउरानी कामकाजी छिन् र जेठानी गृहणी मात्र छिन् भने जेठानीको मनमा देउरानीका लागि डाह उत्पन्न हुनु स्वभाविक हो ।

देउरानीप्रतिको जलनका कारण उनले सासुको कान पनि भर्न सक्छिन् । त्यस्तै देवर र भाउजुको स्वभाव पहिले देखि नै जिस्कने छ भने विवाह पश्चात पनि त्यहि स्वभाव यथावत रहेमा कहिलेकाहि देउरानीको मनमा शंका उत्पन्न पनि हुन सक्छ । त्यसैले देउरानी र जेठानीको सम्बन्ध राम्रँे बनाउनका लागि यी कुराहरुमा ध्यान दिनु पर्छ ।

देउरानीलाई आफ्नो बहिनी जस्तो व्यवहार गर्नुहोस् । यसले सम्बन्धमा मिठास भर्छ । देउरानीले पनि जेठानीलाई दिदी जस्तै इज्जत गर्न थाल्छिन् ।

आफुसंग भएको कुरामा खुशी रहनुहोस् । यसो गर्दा देउरानी र जेठानीबीच  एकअर्कासंग भएको कुरामा इष्या गर्नु हुदैन ।

देउरानी जेठानीलाई मिलाएर राख्न सासुको पनि महत्वपुर्ण भुमिका हुन्छ । त्यसैले घरको सासुले सधै दुवैलाई मिलाएर राख्नुको साथै कहिले पनि एकअर्कासंग एकअर्काको कुरा काट्नु हुदैन ।

घरको काम दुवैले मिलेर गर्नु पर्छ । देयरानी र जेठानीमध्ये कोहि कामकाजी छिन् भने एक-अर्कालाई सहयोग गर्नु पर्छ ।

आपसमा कहिल्यै पनि मेरा-तेरो भन्ने भावना आउन दिनु हुँदैन । सबैको समान अधिकार हुनु पर्छ साथै मिलेर बस्नु पर्छ ।

यी कुराहरुमा ध्यान दिन सकेमा देउरानी र जेठानीको सम्बन्ध सुमधुर रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment