+
+
Shares

क्रिकेट खेलाडीसँग आथियाको प्रेम ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १२:०४

बलिउड नायिका र क्रिकेटरको प्रेम नयाँ कुरा होइन । धेरै बलिउड नायिकाको दिल एकपटक क्रिकेटरसँग जोडिएको नै हुन्छ । अहिले बलिउड नायक सुनिल सेट्टीकी छोरी आथिया सेट्टी पनि एक क्रिकेट खेलाडीसँग प्रेममा रहेको चर्चा सुरु भएको छ ।

बलिउडमा चलचित्र ‘हिरो’बाट उदाएकी आथिया यसपछि भने खासै जम्न सकेकी छैनन् । उनी, आथिया अहिले क्रिकेटर के एल राहुलसँग डेटमा रमाइरहेको खबर भारतीय मिडियामा प्रकाशित छ ।

राहुल अहिले विश्वकप क्रिकेट खेलिरहेका छन् । तर, उनीहरु एक अर्कासँग समय बिताइरहेका छन् । यो बर्षको सुरुवातबाट आथिया र राहुल प्रेममा रहेको मिडियामा उल्लेख छ । दुबैजनाको मिल्ने साथीको मार्फत भेटेका यी दुई यसपछि भने प्रेममा रहेको चर्चा बलिउडमा चल्न थालेको छ ।

हुनत, बलिउडमा नायिका र क्रिकेटरको नाम जोडिनुलाई सामान्य मानिन्छ । यो बिषयमा राहुल र आथिया दुबैले प्रतिक्रिया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?