Comments Add Comment

प्रथम तिलोत्तमा मेयर कपमा पाल्पा विजयी

१३ असार, बुटवल । तिलोत्तमा फूटबल एकेडेमी तिलोत्तमा रुपन्देहीको आयोजनामा शुक्रबारदेखि प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा पाल्पा–११ ले आयोजक तिलोत्तमा फुटबल एकेडेमीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पाल्पा–११ को जितमा सुमित केसीले खेलको ५८ औं र ७८ औं मिनेटमा एक्लै दुई गोल गरेका थिए ।

आयोजक टिमको तर्फबाट विज्ञान गुरुङले ६८ औं मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा पाल्पाका सुमित केसी म्यान अफ द म्याच घोषित भएका छन् । शनिबार नवलपरासीको देशभक्त युवा क्लब र स्मृति स्पोर्टस् क्लब तिलोत्तमाबीच खेल हुने आयोजक संस्थाका विकास गुरुङले जानकारी दिए ।

यसअघि तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका १६ टिमकोको सहभागिता रहने खेल संयोजक घनश्याम श्रेष्ठले बताए ।

असार २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैयाँ र उपबिजेता टीमले ५५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment