Comments Add Comment

‘आप्पा’को इनिसियल व्यापार कस्तो ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘आप्पा’ले मल्टिप्लेक्समा राम्रो व्यापार गरिरहेको छ । तर, मल्टिप्लेक्समा निकै कम शो पाएका कारण यसको व्यापारमा समस्या देखिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार शनिबार चलचित्रले मल्टिप्लेक्समा पाएका शोजमा हाउसफूलको व्यापार गरेको थियो ।

आइतबार पनि चलचित्रप्रति दर्शकको उत्साह सुखद देखिएको छ । तर, बलिउड चलचित्र ‘कबिर सिंह’को लोभलाग्दो क्रेजको असर यो चलचित्रलाई मल्टिप्लेक्समा परेको छ । अनमोल गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, अरुणा कार्की, सिद्धार्थ गुरुङ, अलोना लोप्चा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई प्रिमियरमा औषत प्रतिक्रिया मिलेको थियो । चलचित्रले बाबु र छोराको कथालाई उठान गरेको छ । नायक दयाहाङ राइले यो चलचित्र आफ्ना लागि विशेष रहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment