+
+
Shares

जीवनको अमिलो निबुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १३:०५

म्यूजिक भिडियो निर्देशन गर्दै आएका जीवन रसाइलीको स्वरमा समावेश ‘अमिलो निबुवा’ सार्वजनिक भएको छ । रसाइलीलाई स्वरमा निकिता थापाले साथ दिएकी छिन् । दिपक सिलवालको शब्द तथा संगीत रहेको उक्त गीतमा कुशल सिंहको एरेन्ज रहेको छ । गीतमा माया परितीको भाव समेटिएको छ ।

गीतको भिडियोमा टिकटकका हिट ट्वीन्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा, दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठको अभिनय छ । भिडियोमा शिशिर भण्डारी र मिलन शंकर पनि फिचर छन् । जीवन रसाइलीकै निर्देशनमा बनेको भिडियोमा नबराज उप्रेतीले छायांकन, नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?