Comments Add Comment

अध्यागमनका सुब्बाको आम्दानी ४ करोड ! अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता

१५ असार, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा ललितकुमार झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले आफ्नो जागिर अवधिमा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ अवैध आम्दानी गरेको दावी गर्दै अख्तियारले उनी र उनकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०४० असार १७ गते मुखियाबाट सरकारी सेवामा प्रवेश गरेका उनले २०७६ जेठ मशान्तसम्ममा तलब, भत्ता, कर्जा, सेयर, जग्गा बिक्रीलगायतबाट २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँ आर्जन गर्नसक्ने भए पनि ३ करोड ८५ लाख ४३ हजार २ सय ३४ रुपैयाँ खर्च गरेको देखिएको अख्तियारको दावी छ ।

उनले आफू र पत्नी सुचितादेवी झाको नाममा समेत जग्गा, सवारी साधन, शेयर खरिद र घर निर्माण गरेको देखिएको अख्तियारले बताएको छ । ‘…निजको वैध आय २ करोड २८ लाख ६४ हजार २ सय ८ रुपैयाँको तुलनामा १ करोड ५६ लाख ७९ हजार २६ रुपैयाँ बराबरको भागको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति अमिल्दो र अस्वाभाविक देखिन आएकोले ..’ भन्दै अख्तियारले झाले भ्रष्टाचार गरेको दावी गरेको छ ।

झाविरुद्ध एक करोड छपन्न लाख उनासी हजार छब्बीस रुपैयाँ विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ । त्यस्तै झाकी पत्नी सुचिता देवी झासमेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment