
१६ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विजयराज भट्टले ड्यूटीमा रहेका सुरक्षाकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।
सोमबार बिहान पशुपति मन्दिरमा दर्शनका लागि गएका बेला सुरक्षा व्यवस्थापनमा खटिएका सशस्त्र प्रहरी हवल्दार शालिकराज सुवेदीमाथि उनले दुर्व्यवहार गरेका हुन् ।
स्रोतका अनुसार दशनार्थीको लाइन मिलाउने क्रममा सुवेदीलाई भट्टले गालीगलौज गर्दै कुटेका थिए । उनले लाइनमा बस्न अनुरोध गरेपछि भट्टले विवाद झिकेको सशस्त्र प्रहरी बल, हल्चोक स्रोतले जनाएको छ ।
कुटपिटपछि भट्ट त्यहाँबाट फर्किएका थिए भने सुवेदीले माथिल्लो निकायमा खबर गरेका थिए ।
गौशाला वृत्तका प्रमुख प्रदीपकुमार सिंहले सामान्य विवादमात्र भएको दाबी गरे । ‘सामान्य विवाद मात्र भएको हो’, उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘म अहिले पशुपतिमै छु ।’
प्रहरीका एक अधिकृतले भने सुवेदी सिभिलमा खटिएका बेला प्रहरी भनेर नचिन्दा धकेलाधकेल भएको बताए ।
प्रतिक्रिया 4