Comments Add Comment

संखुवासभामा प्रहरी-विप्लव समूहबीच जम्काभेट हुँदा गोली चल्यो

१६ असार, संखुवासभा । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट भएको छ । त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ । तर, दुवै पक्षमा कुनै क्षति भएको छैन ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली गएको थियो । उनले अनलाइनखबरसँग भने, ‘गस्तीमा टोली गएको छ । कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ । अरु केही होइन ।’

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए ।

उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ । थप विवरण आइसकेको छैन ।’

प्रहरीका अनुसार अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment