Comments Add Comment

हतारमा काम गर्ने सोचमा छैनन् वर्षा

सफल चलचित्र ‘नाई नभन्नु ल २’मा छोटो भूमिकामा काम गर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन् वर्षा सिवाकोटी । अर्को सफल चलचित्र ‘पशुपति प्रसाद’मा पनि उनलाई देखियो । तर, त्यसपश्चातका चलचित्रहरुले वर्षालाई खसै सफलता दिएका छैनन् ।

अहिले नायिका वर्षा सिवाकोटी फुर्सदमा छिन् । उनी अभिनित चलचित्र ‘वीर बिक्रम २’ रिलिज पछि उनले विश्राम पाएकी छिन् । उनी अहिले नयाँ चलचित्रमा आबद्ध भएकी छैनन् । उनले आफू हतारमा काम गर्ने मुडमा नरहेको सुनाइन् । उनले भनिन्–‘केही चलचित्रहरुबाट कुरा आइरहेको छ । कुनै चलचित्र राम्रो पनि छन् । तर, अहिलेसम्म काम गर्ने वा नगर्ने पक्का भइसकेको छैन । साइन गरेपछि त सबैलाई थाहा भइहाल्छ ।’

नायिका सिवाकोटीलाई चलचित्र ‘वीर विक्रम २’बाट ठूलो आशा थियो । तर, चलचित्रले बक्स अफिसमा गतिलो व्यापार गरेन । जसकाकारण पनि वर्षाले नयाँ चलचित्रमा काम गर्नका लागि धेरै पल्ट सोच्न थालेको वुझिएको छ । उनी म्यूजिक भिडियोमा भने काम गरिरहेकी छिन् । वर्षा चलचित्रमा आउनु भन्दा अगाडि पनि म्यूजिक भिडियोमा जमेकी नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment