Comments Add Comment

पशु चौपायासहित ५ लाखको समान नियन्त्रण

१६ असार, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको ५ लाख मूल्य बराबरको समान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले १ लाख ४९ हजार ८ सय ३४३ रुपैयाँको कपडा, ३ हजार ५ सय रुपैयाँको किरानाका समान, २/२ लाख मूल्य बराबरको गोरु र भैंसी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका समान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार बुझाइ सकिएको सशस्त्र प्रहरी बल भन्सार गस्ती तथा सुरक्षा गुल्मले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाबाट गाडी मोबाईल टोलीले १ लाख ४९ हजार ८ सय ३० रुपैयाँको कपडा बरामद गरेको थियो भने वीरगञ्ज- १६ रजतजयन्ती चोकमा खटिएको चेकजाँच टोलीले ३ हजार ५ सय रुपैयाँको कपडा नियन्त्रणमा लिएको थियो ।

वीरगञ्ज महानगरपालिका ३१ मिलन चोक इलाकाबाट सशस्त्र प्रहरीको सरप्राइज डिउटी टोलीले १० वटा राँगा भैंसी नियन्त्रणमा लिएको थियो ।

भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको राँगा भैंसीको मूल्य २ लाख पर्ने अनुमान सशस्त्र प्रहरीले गरेको छ ।

सशस्त्र प्रहरीकै टोलीले वीरगञ्ज- १७ जगनाथपुर इलाकाबाट ८ वटा गोरु नियन्त्रणमा लिएको छ । ती गोरुको बजार मूल्य २ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ ।

गस्ती र चेकजाँचका क्रममा बरामद गरिएको लत्ता कपडा, किराना सामान, गोरु, रागाँ, भैसीं भन्सार बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

सशस्त्र प्रहरीलाई देख्ने वित्तिकै समान र पशु चौपाया छोडी मानिस भागेकाले पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment