
१६ असार, काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले गिरावट आएको सेयर बजार दोस्रो दिन सोमबार पनि घट्ने क्रम जारी रह्यो । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २.८६ अंकले ओरालो लागेको हो ।
नेप्से परिसूचक घटेर १ हजार सय ४२.०३ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार दिनभर भएका ५ हजार ९ सय ७१ कारोबारबाट १६९ कम्पनीका १२ लाख २१ हजार ४०० कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम ३७ करोड ४७ लाख २५ हजार ७४ रुपैयाँमा सिमित भएको छ । यस अघि आइतबार ६० करोड माथिको कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा नेपाल बैंक पहिलो नम्बरमा देखिएको छ । नेपाल बैंकको सोमाबार २ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो स्थानमा भने प्रभु बैंक देखिएको छ । प्रभु बैंकको १ करोड ९२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा शिवम्, एनआइसी एशिया र हिमालय डिस्टीलरी क्रमशः तेस्रो, चौथो र पाँचौ नम्बरमा देखिएका छन् । यी सबैको करोड रुपैयाँमाथिको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया 4