
जतिबेला करिना कपूरको करियर उत्कर्षमा थियो, त्यहीबेला उनले विवाह गरिन् । अभिनेता सैफ अली खानसँग घरजाम गरेपछि उनी सुस्ताइन् । चलचित्रबाट टाढा रहेर पारिवारिक जीवनमा रमाइन् । त्यससँगै उनी एक छोरोकी आमा भइन् । छोरा हुर्काउने क्रममा उनले चलचित्रलाई चटक्कै बिर्सिइन् ।
अहिले भने उनी पुरानै लयमा र्फकने सुरसारमा छिन् । इरफान खानको फिल्म ‘अंग्रेजी मीडियम’बाट उनी बलिउडमा र्फकदैछिन् ।
उक्त फिल्ममा करीनाले महिला प्रहरी अधिकृतको भूमिका निर्वाह गरेकी छिन् । उक्त फिल्ममा करीनाले पहिलो पटक इरफान खानसंग अभिनय गरेकी छिन् । यतिबेला धमाधम फिल्मको छायांकन भैरहेको छ । फिल्मको छायांकनका लागि करीना अहिले लण्डनमा छिन् । हालै मात्र उक्त फिल्मको यूनिटबाट करीनाको फस्ट लूक सार्वजनिक भएको छ ।
छायांकन सेटको उक्त तस्बिर करीनाकी मेनेजर पूनम दमानियाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । तस्बिरमा करीना ब्राउट टप्स तथा डेनिम जिन्समा देखिएकी छिन् । सन् २०१६ मा प्रदर्शन भएको ‘हिन्दी मीडियम’ लाई दर्शकले निकै रुचाएका थिए । उक्त फिल्मको सिक्वेलमा पुनः एक पटक इरफान खान मुख्य भूमिकामा देखिने छन् । पछिल्लो लामो समयदेखि अस्वस्थ रहेका इरफान आफ्नो सफल उपचारपछि भारत फर्किएका छन् ।
फिल्ममा इरफान र करीनाका अतिरिक्त राधिका मदान पनि महत्वपूर्ण भूमिकामा छिन् । इरफानसंग काम गर्न पाएकोमा करीना पनि निकै खुशी छिन् । हालै एउटा अन्तर्वार्तामा उनले भनेकी छिन्-‘म यो फिल्मका लागि निकै एक्साइटेड छु । मैले सबै खानहरु -शाहरुख, आमिर, सलमान, सेफ) संग काम गरिसकेकी छु, तर मेरो लागि इरफान खानसंग काम गर्न सम्मानको कुरा हो ।’
यो फिल्मको छायांकन गत अपि्रलमा भारतको उदयरपुरबाट प्रारम्भ भएको थियो । मुम्बईको सेड्यूल सम्पन्न भएपछि यो फिल्म छायांकनको क्रममा लण्डन पुगेको हो ।
प्रतिक्रिया 4