Comments Add Comment

‘दुर्गाबाबु स्मृति संगीत पुरस्कार’ पाण्डेलाई

१७ असार, काठमाडौं ।  सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित संगीत पुरस्कार नेपाल एपीएफ विद्यालयका छात्र साइजित पाण्डेले पाएका छन् ।

सशस्त्र प्रहरी प्रहरी परिवार महिला संघको वार्षिकोत्सवका अवसरमा यस वर्षको ‘दुर्गाबाबु स्मृति संगीत पुरस्कार’ पाण्डेलाई प्रदान गरिएको हो ।

सशस्त्र प्रहरीका निरीक्षक शैलेन्द्र थापाका अनुसार संगठनमा अब्बल र सक्षम अधिकृत मानिने पाठकको कर्तव्य पालनाको शिलशिलामा २०७२ चैत २८ गते धादिङको मलेखुमा अकल्पनीय सडक दुर्घटनामा निधन भएको थियो ।

पाठकको संगीत कलालाई जीवन्त राख्न दुर्गा बाबु संगीत स्मृति कोषमार्फत पुस्कार प्रदान गर्दै आइएको थापाले बताए ।

सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं वार्षिकोत्सवको अबसरमा संघकी अध्यक्ष सरिता कणेँल खनालले पुरस्कार प्रदान गरिन् । संगीतमा विशेष रुचि राख्ने स्व. पाठक गीत रचना, संगीत र गायनमा समेत सक्रिय थिए । उनले दुई वटा एकल गीति एल्बम समेत बजारमा ल्याइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment