Comments Add Comment

नेपालमा लगानी सम्भावनाबारे ओमानमा छलफल

१७ असार, काठमाडौं । नेपालमा विदेशी लगानीको सम्भावनाबारे ओमानको राजधानी मस्कटमा छलफल सम्पन्न भएको छ । मस्कटस्थित नेपाली दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा लगानी सम्मेलनका दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदाय समक्ष दिएको भिडियो सन्देश समेत देखाइएको थियो ।

ओमानको उद्योग तथा वाणिज्य मन्त्रालयका उपसचिव अहमद विन हसन अल ढेवको उपस्थितिमा भएको कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा लगानीको सम्भावनाका क्षेत्रबारे जानकारी दिएकी थिइन् ।

उक्त अवसरमा ओमानको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया विभाग प्रमुख, अर्थ विभाग प्रमुख, ओमान चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अध्यक्षलगायत उपस्थित थिए ।

कार्यक्रममा राजदुत ढकालले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन नेपालले विदेशी लगानी महत्वपूर्ण रहेको बताइन् । उनले नेपालको कृषि, ऊर्जा, पूर्वाधार, शिक्षा, उद्योग, शहरी विकास, यातायातजस्ता क्षेत्रमा विदेशी लगानीको सम्भावना बारे चर्चा गरेकी थिइन् ।

मुलुकमा लगानीको वातावरण बनाउन सरकारले कानूनहरुलाई लगानीमैत्री बनाइरहेको समेत उनले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment