+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘कोहलपुर एक्सप्रेस’को तनाव ‘छ माया छपक्कै’ले विर्सायोः केकी

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १२:१५

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बक्स अफिसमा सफल हुन सकेन । साथमा चलचित्रलाई चोरीको आरोप समेत लाग्यो । चलचित्र चोरिएको बिषयमा केकी अधिकारीले स्विकार गर्दै आगामी दिनमा दर्शकको चाहना अनुसारको चलचित्र बनाउने बताइसकेकी छिन् ।

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’को कार्यक्रममा आफू यति तनाव हुँदा पनि किन ढल्दिनँ भनेर आफैलाई प्रश्न गरेकी थिइन् । उनै, केकीले आफूले तनाव लिएर काम गर्ने गरेको बल्ल थाहा पाएको बताएकी छिन् ।

चलचित्र ‘छ माया छपक्कै’का छायांकार हरि हुमागाँइको जन्मदिनमा शुभकामना दिने क्रममा केकीले भनिन्–‘छ माया छपक्कैमा काम गरेपछि मैले थाहा पाएँ कि, ‘कोहलपुर एक्सप्रेस’मा काम गर्दा मैले धेरै नै तनाव लिएकी रहेछु । ‘कोहलपुर एक्सप्रेस’मा लिएको तनावलाई मैले ‘छ माया छपक्कै’को सेटबाट बिदा गरेको छु ।’

उनले चलचित्रको सेटमा ४० दिनसम्म काम गर्दा निकै नै खुशी साटेको भन्दै अब झनै रमाइलो हुने समेत प्रतिक्रिया दिइन् । नायिका केकी अधिकारी करिअरकै पहिलो हिट चलचित्रको रुपमा ‘छ माया छपक्कै’ हुनेमा आशावादी देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?