Comments Add Comment

‘सार्क फिल्म फेस्टिभल’मा स्वस्तिमा

श्रीलंकामा जारी सार्क फिल्म फेस्टिभलमा सहभागी जनाउनका लागि अहिले नायिका स्वस्तिमा खड्का र निर्देशक दिनेश राउत श्रीलंकामा छन् । सार्क फिल्म फेस्टिभलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’, नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’ प्रतिस्पर्धामा छन् ।

नायिका स्वस्तिमाले आफ्ना लागि यो फेस्टिभल नयाँ अनुभव भएको बताएको छिन् । साथै, यो फेस्टिभलबाट आफूले धेरै कुरा सिक्न पाएको उल्लेख गरेकी छिन् । सार्क फिल्म फेस्टिभलमा नायिका गरिमा पन्तले चलचित्र ‘झोला’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् । सो समयमा उनको निकै नै चर्चा भएको थियो ।

यसपटक, नायिका स्वस्तिमाबाट यो अवार्डको अपेक्षा गरिएको छ । किनकी, चलचित्र ‘बुलबुल’मा उनले निर्वाहा गरेको भूमिकाले दर्शकको मन जितेको थियो । समिक्षकले पनि उनको कामलाई उत्कृष्ट भनेका थिए । स्वस्तिमा सारीमा देखिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment