
ठूलो बजेट, भव्य सेट र सुपरस्टारले मात्र चलचित्र चल्दैन । बलिउडले प्रमाणित गरेको पछिल्लो तथ्य हो यो ।
आमिर खान, शाहरुख खान, रजनीकान्त जस्ता स्टार, अर्बौंको लगानी भएका चलचित्र यसपाली धमाधम डुब्यो । ‘ठग्स अफ हिन्दुस्तान’, ‘२.०’, ‘जीरो’ जस्ता चलचित्रले लोप्पा खाएपछि धेरैले अनुमान गरेको थियो, अब बलिउड अधोगतिमा लाग्यो ।
यद्यपी यी सुपरस्टार र बिग बजेट चलचित्रको क्षतिपूर्ति गर्नेगरी त्यस्ता थुप्रै चलचित्र आए, जसले बलिउडको प्राण भरिदियो । खासै तामझाम बिना प्रदर्शनमा आएको ति चलचित्रले दर्शकलाई राहत मात्र दिएन, मन नै जित्यो ।
सन् २०१९ को आधा अवधि बितिसकेको छ । यो छ महिनाको अवधि बलिउड फिल्म उद्योगका लागि उत्कृष्ट रहन सफल भएको छ । वर्षको पहिलो छ महिनामा थुप्रै फिल्महरुले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरे । हलिउडको फिल्म एभेन्जर्सले पनि उत्कृष्ट व्यवसाय गर्न सफल भयो ।
१०. बदला
बक्स अफिस कलेक्सनः ८८ करोड २ लाख भारु
परिणामः हिट
अमिताभ बच्चन तथा तापसी पन्नू अभिनित यो थि्रलर फिल्म बक्स अफिसमा सफल भयो । फिल्मको बजेट कम भएकाले कलेक्शन उत्कृष्ट हुन सफल भयो ।
९. लुका छिपी
बक्स फिस कलेक्सनः ९४ करोड १५ लाख भारु
परिणामः हिट
कार्त्तिक आर्यनको खातामा अर्को एउटा सफल फिल्म पर्न सफल भयो । लुका छिपीको विषय अलग थियो, जसलाई दर्शकले अत्यन्त रुचाए ।
८. मणिकणिर्का-द क्वीन अफ झाँसी
बक्स अफि कलेक्सनः ९४ करोड ९२ लाख भारु
परिणामः फ्लप
नारी प्रधान भए पनि यो फिल्मले राम्रै व्यवसाय गर्न सफल भयो । यद्यपि, फिल्मको बजेट नै अत्यधिक भएकाले यसले लगानी सुरक्षित गर्न सकेन । त्यसो त फिल्मलाई त्यति धेरै घाटा नलागेको बताइन्छ ।
७. दे दे प्यार दे
बक्स अफिस कलेक्सनः १ सय २ करोड ४० लाख भारु
परिणामः औसत
अजय देवगण अभिनित यो फिल्मले पनि राम्रो चर्चा पायो । यद्यपि, व्यवसायका दृष्टिकोणले त्यति सुखद रहेन, जति आशा गरिएको थियो । बक्स अफिसमा यो फिल्मले लगानी त सुरक्षित गर्न सफल रह्यो तर निकै कम नाफा कमायो ।
६. गली ब्वाइ
बक्स अफिस कलेक्सनः १ सय ३९ करोड ३८ लाख रुपैयाँ
परिणामः सेमी हिट
रणवीर सिंह अभिनित र्याप गायक र उनीहरुको जीवनमा आधारित फिल्म हो गली ब्वाइ । यो फिल्मलाई ठूला शहरहरुमा निकै मन पराइयो ।
५. केसरी
बक्स अफिस कलेक्सनः १ सय ५३ करोड भारु
परिणामः हिट
अक्षय कुमारले सोलो अभिनेताको रुपमा अभिनय गरेको सबैभन्दा बढि व्यवसाय गर्ने फिल्म नै केसरी बन्न पुग्यो । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भयो ।
४. टोटल धमाल
बक्स अफिस कलेक्सनः १ सय ५४ करोड ३० लाख भारु
परिणामः सेमी हिट
धमाल श्रृंखलाको यो फिल्ममा थुप्र कलाकारहरु देखा परे । यो फिल्मले बक्स अफिसमा १ सय ५० करोडभन्दा बढि संकलन गर्न सफल भयो । फिल्मको लगानी अत्यधिक भएकाले यो फिल्मलाई सेमी हिटमात्र मानियो ।
३. कबीर सिंह
बक्स अफिस कलेक्सनः १ सय ९० करोड ६४ लाख भार (११ दिनमा)
परिणामः ब्लक बस्टर
यो फिल्मको सफलताले बलिउडलाई नै आश्चर्य पारिदिएको छ । मात्र ११ दिनमा यो फिल्मले १ सय ९० करोडभन्दा बढि कलेक्सन गर्न सफल भैसकेको छ । केही दिनपछि नै यो फिल्म वर्षकै सबैभन्दा बढि आम्दानी गर्न सफल फिल्म बन्यो भने आश्चर्य नमान्दा हुन्छ । शाहिद कपूरको करियरकै सबैभन्दा हिट फिल्म यही नै हो ।
२. भारत
बक्स अफिस कलेक्सनः २ सय ९ करोड ३६ लाख भारु
परिणामः औषत
सलमान खानको यो फिल्मले नाफा त कमायो, तर परिणाम सोचे अनुरुप आएन । सलमान खान जस्ता स्टारको फिल्मले ३ सय करोड भन्दा बढिको व्यवसाय गर्ने अपेक्षा गरिन्छ । यो फिल्मले आम दर्शकलाई खुशी दिन सकेन ।
१. उरीः द सर्जिकल स्ट्राइक
बक्स अफिल कलेक्सनः २ सय ४४ करोड ६ लाख भारु
परिणामः ब्लक बस्टर
उरीः द सर्जिकल स्ट्राइकमा कुनै स्टार कलाकार थिएनन्, यद्यपि फिल्मको विषय यति उत्कृष्ट थियो कि दर्शकले त्यसलाई अत्यधिक रुचाए । फिल्म प्रदर्शन भएपछि दर्शकहरु नै आश्चर्यमा परे । यो फिल्मले यति उत्कृष्ट व्यवसाय गर्नेछ भन्ने कुरा कसैले अनुमान नै गरेका थिएनन् ।
प्रतिक्रिया 4