Comments Add Comment

हो म लोभी भएँः सुपुष्पा

चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुपुष्पा भट्ट अहिले दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा काम गरिरहेकी छिन् । यो चलचित्रमा छोटो तर विशेष भूमिका रहेको सुपुष्पा बताउँछिन् । सोलो नायिकाको रुपमा आएका केही अफर टुक्राएर सुपुष्पा सानो भूमिकामा किन चित्त वुझाउँदैछिन्, यी र अन्य विभिन्न बिषयमा रहेर उनीसँग अनलाइनखबरले छोटो कुराकानी गरेको छः

१. सोलो नायिकाको अफर आउँदा केही फिल्म छाड्नुभयो, तर ‘छ माया छपक्कै’मा विशेष भूमिका पाउँदा नै किन गर्नुभयो ?
एकदमै सिधा भाषामा भन्नुपर्दा, मैले ब्यानर नै हेरेको हुँ । भूमिका सानो भएपनि एकदमै प्रभाव बनाउने खालको नै छ । मलाई अहिले हतार पनि छैन । म विस्तारै चलचित्र क्षेत्रमा अगाडि बढिरहेकी छु ।

२. तपाइलाई भोजपुरीबाट बढी अफर किन आउँछ ?
त्यस्तो धेरै त होइन, ठिकै अफर आइरहेको छ । मलाई मेरो अनुहार उतातिरकोसँग मिल्छ भन्नुहुन्छ । ‘रणवीर’मा पनि त्यस्तै भूमिका भएर होला ।

३. तपाइलाई दर्शकले यति माया गर्नुहुन्छ भन्ने लागेको थियो ?
मैले त यस्तो सोचेको पनि थिइनँ । तर, दर्शकको मायाले उत्साहित छु ।

४. ‘छ माया छपक्कै’को टिमसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
एकदमै रमाइलो भयो । यति रमाइलो टिम, हाँसेर मात्र काम गर्यौ । यसको सदस्य हुन पाउँदा निकै नै खुशी लागेको छ ।

५. भनेपछि तपाइले ब्यानर मात्र हेर्नुभयो, भूमिका हेर्नुभएन हैन ?
त्यस्तो भन्न पनि मिल्दैन । मैले मेरो भूमिका पनि हेरेँ । नहेरी त कसरी गर्छु र ? तर मुख्य त ब्यानर नै हेरेको हुँ ।

६. ‘रणवीर’ असफल हुँदा दिमागमा के कुरा खेलेको थियो ?
म त जहिले पनि सकारात्मक नै कुरा सोच्छु । आफूले मिहिनेत गर्यो भने राम्रो कदम चाल्यो भने सोचेको स्थानमा पुगिन्छ भन्ने नै लाग्छ । तर, ‘रणवीर’ नचल्दा मेरो करिअर के होला भन्ने त दिमागमा आएको थियो । तर, म सकारात्मक नै सोच राख्ने व्यक्ति हुँ ।

७. चलचित्र असफल भएपनि, ‘रणवीर’बाट दर्शकले के कुरा मन पराउनुभयो भन्ने लाग्छ ?
म आफ्नो अभिनय बबाल नै थियो त भन्दिनँ । दर्शकले माया दिनुभयो । तर, खै म कसरी भनुँ कि उहाँहरुले के मन पराउनुभयो ।

८. तपाई चुजी र घमण्डी हुनुभयो भन्छन्, हो र ?
त्यस्तो केही पनि होइनँ । रमित ढुंगानाजीको चलचित्रबाट अफर आउँदा मेरो परिक्षा परेकाले नगरेकी हुँ । म घमण्डी वा चुजी केही पन भएकी छैन । तर, एउटा कुरा के स्पष्ट हो भने पहिलो चलचित्र नचलेपछि म कथा छान्ने कुरामा ध्यान दिने भएकी छु । म डिमाण्डेड वा घमण्डी केही पनि भएकी छैन ।

९. भनेपछि ‘छ माया छपक्कै’को छनोटमा तपाई लोभी हुनुभएछ हैन ?
हो, यसमा त म लोभी नै भएकी हुँ । मैले ‘६ एकान ६’देखि नै उहाँहरुको चलचित्र हेर्दै आएकी छु । उहाँहरुको चलचित्र धेरै ठूलो संख्याले हेर्नुहुन्छ । यसो गर्दा मलाई पनि नोटिस गर्नुहुन्छ । यसैले लोभी त हुनै पर्यो नी होइन र ?

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment