Comments Add Comment

लिवियाको शरणार्थी शिविर आक्रमणमा एक नेपालीको मृत्यु, ८ जनालाई नेपाल फर्काइयो

शिविरमा अझै ६ नेपाली उद्धारको पर्खाइमा

१९ असार, काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ ।

आक्रमणमा परी सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु जनाएकाे छ ।

उनको स्थायी ठेगाना र कसको सहयोगमा लिबिया आइपुगे भन्ने खुलेको छैन ।  कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ । यद्यपि मानव तस्करहरुले इटाली पुर्‍याउनका लागि लिबियाको मार्ग प्रयोग गर्ने गरेका छन् ।

लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा मंगलबार हवाई आक्रमण भएको थियो । आक्रमणमा ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते छन् ।

दूतावासका अनुसार आइओएम, लिबियाले दुई दिनअघि श्रेष्ठसँग सम्बन्धित ट्राभल डकुमेन्ट माग्दै पत्राचार गरेको थियो । पत्राचारपछि दूतावासले उनको कागजात इमेलमार्फत आईओएम इजिप्टलाई पठाएको थियो र इजिप्टले लिबिया ।

आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् ।

पछिल्लो २ महिनामा २६ नेपालीलाई उद्धार गरेको नेपाल फर्काइसकिएको छ । लिबियामा खटिएका नेपाली शान्ति सेनाले मानव तस्करको जालमा परेर आइपुगेकालाई सहायता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment