+
+
Shares

तेस्रो पटक नेकपा प्रवेश गरें : दीपक मनाङ्गे

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १२:४६

१९ असार, पोखरा । सत्तारुढ नेकपाले मुख्यमन्त्रीकै उपस्थितिमा कार्यक्रम गरेर दीपक मनाङ्गे भनेर चिनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई पार्टी प्रवेश गरायो । गुरुङको इन्ट्रीले गण्डकी प्रदेशमा पार्टीको दुई तिहाई पुगेको र यसले काम गर्न अझ सहज हुने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

तर, मनाङ्गे सांसद भएपछि नै तेस्रो पटक नेकपा प्रवेश गरेको उनी स्वयंमले बताएका छन् । एक पटक मनाङका जिल्ला सभापति र लमजुङका नेताहरु, अर्को पटक काठमाडौं जिल्ला अध्यक्षबाट र अहिले गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट ।

‘दुई तिहाई बहुमत छ, खान पाइन्छ कि भनेर नेकपा प्रवेश गरेको होइन,’ राजीवले भने, ‘कम्युनिस्ट पहिलेदेखि नै मन पर्ने भए पनि थरिथरीका कम्युनिस्ट भएका कारण प्रवेश नगरेको हुँ ।’

गुरुङले कम्युनिस्ट राम्रो नभएकै करण लामो समय कांग्रेस र दरुण दल निकट भएको तर, अहिले कांग्रेस पनि लथालिंग भएकाले नेकपा प्रवेश गरेको उनले बताएका छन् । ‘म जस्ता थुप्रै मान्छे कांग्रेसभित्र फ्रस्टेट भएका छन्’ मनाङ्गेले भने ।

नेपाल कम्युनिस्ट पार्टी भन्ने नामले नै नेकपामा आफूलाई आकर्षित गरेको समेत उनले बताए । ‘बजेट पार्ने कुरामा, योजना पार्ने कुरामा पनि स्वतन्त्र भएर गाह्रो रहेछ,’ उनले भने, ‘पोलिटिकल इन्गेज भइएन भने सामाजिक काम गर्न पनि गाह्रो रहेछ ।’

सांसद भएपछि व्यवसायमा समय दिन नसक्ने र प्रदेशसभा सदस्यको तलबले खान नपुग्ने मनाङ्गेको भनाइ छ । ‘हाम्रो ४५ हजार तलब छ यसले त चिया खान पनि पुग्दैन, धेरै समय जिल्ला र कार्यकर्तालाई दिनुपर्‍यो । त्यसैले बिजनेससँगै समाजसेवा नै गर्ने हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?