+
+
Shares

संखुवासभामा विप्लवका जिल्ला नेता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १५:१८

१९ असार, काठमाडौं । प्रहरीले संखुवासभाबाट विप्लव समूहका एक जिल्ला नेतालाई पक्राउ गरेको छ ।

असार १६ गते गोली चलेको स्थान नजिकै हाइला खोलाबाट निमा दोर्जी तामाङ पक्राउ परेका हुन् । उनीसँग एक नाल एसएलआर, म्यागजिन, एउटा एलएमजी म्यागजिन, ७.६२ एमएमको ११० वटा गोली, ३ मिटर तार र १३ राउण्ड खाली खोकासहित बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

तामाङको साथबाट मोबाइल, डायरी र विप्लव समूहको पर्चा पनि बरामद गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालय, संखुवासभाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । विप्लव समूहले त्यस क्षेत्रबाट ३ जना नेता कार्यकर्ता बेपत्ता भएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?